काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो ।
अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् ।
अहिले विभिन्न क्षेत्रका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगो निभाउन सुरक्षाकर्मीसहित काठमाडौं र ललितपुर महानगरपालिकाका अग्नि नियन्त्रक खटिएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
काठमाडौं महानगरको दमकलले मात्र आगो नियन्त्रणमा लिन नसकेपछि ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रण लिने कोसिस भइरहेको छ ।