आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनेर मान्ने गरिन्छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा समेत मानेको छ ।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।
गोकर्णेश्वरमा रहेको श्रीकान्ती भैरब गुरुकुलका बिद्यार्थीहरुले गुरु पूर्णिमा मनाउँदै गरेको तस्विरहरू केटिएम दैनिकका फोटो पत्रकारले कैद गरेका छन् । साथै गुरुकुलका बिद्यार्थीहरुले आज भानु जयन्तीको उपलक्ष्यमा भानुभक्तका कबिताहरु पनि बाचन गरेका थिए ।
तस्विरहरू