एमाले समर्थित राष्ट्रिय युवा संघले आज एकान्तकुनामा अबस्थित यातायात व्यवस्था कार्यालयले घेराउ गरेको छ ।
सवारी चालक अनुमतिपत्र वितरणमा लापरबाही एवम् ढिलासुस्ती भएकी भन्दै संघले कार्यालय घेराउ गरेको हो ।
कार्यालय घेराउ गर्न पुगेकाहरूले लाइसेन्स वितरण छरितो गर, लाइसेन्स प्रिन्टलाई विकेन्द्रीत गर, यातायात बिचौलियालाई निषेध गर, ढुङ्गे युगको अनलाइन फारम, भर्नेलाई भन्दा हेर्नलाई शरम्, लेखिएका प्लेकार्ड बोकेका थिए ।
कार्यालयमा हुँदै आइरहेको बिचौलियाको खेल बन्द गर्न र लाइसेन्स बितरण सहज गर्न संघले कार्यालयका प्रमुखसमक्ष आफ्ना मागहरु पेश गर्दै ज्ञापन पत्र बुझाएको छ ।
हेरौं तस्बिरहरू