पेट्रोलियम पदार्थमा भएको अचाक्ली मूल्यवृद्धि विरुद्ध नेपाल इन्जिनियरिङ कलेजमा विरोध प्रदर्शन गरिएको छ ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियु केन्द्रिय कमिटिको घोषित आन्दोलन बमोजिम नेपाल इन्जिनियरिङ् कलेज, पोखरा विश्वविद्यालय कमिटीद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको बिरुद्द प्रदर्शन गरेको हो ।
आयल निगमले आइतबार मध्यरातबाट लागू हुने गरी डिजेल र मट्टितेलमा २७, पेट्रोलमा २१ रुपैयाँले मूल्यवृद्धि गरेको हो ।
उक्त मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर रु १९९ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १९२ पुगेको छ ।
आयल निगमले भारतीय आयल कर्पोरेसनबाट पेट्रोल रु १31.९१ र डिजेल १४६.५२ रुपैयाँमा खरिद गरेतापनि सरकारी राजश्व ढुवानी विक्रेताको कमिसन लगायत जोडेर पेट्रोलको २१२ रुपैयाँ खरिद मूल्य पुर्याएको छ ।