झापा, सुनसरी, कास्की, सर्लाही र कपिलवस्तुमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायात नामको यात्रुबाहक बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई बुधबार बिहान ठक्कर दिदा प्रहरी जवान प्रकाश राई र म्यादी प्रहरीबाट बिदा भएका जितुहाङ्ग राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङको पथरी–शनिश्चरे– ८ निवासी २६ वर्षीय प्रहरी जवान राई र भोजपुर जिल्ला षडानन्द नगरपालिकाका– २६ वर्षीय जितुहाङ राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी जवान राई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत हुन्, भने जितुहाङ भर्खरै म्यादी प्रहरीको जागिर खाएर बिदा भइसकेको जनाइएको छ ।
सुनसरीको रामधुनी नगरपालिका–१ झुम्का बजारमा प्रदेश १–०२–०३ त १९७८ नम्बरको ट्रयाक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने ७० वर्षीया जैती देबी चौधरी रहेकी छन् । उनको मंगलबार राति मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका–९ नागढुङ्गाको ओरालोमा ग.१९ प ५२१ नम्बरको स्कुटर गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटरमा सवार सोही महानगरपालिका–३३ तल्लो पुडिटार बस्ने ४० वर्षीय किशोर कुमार थापा रहेका छन् ।
सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीस्थित सडकमा ना.६ ख ३२६८ नम्बरको बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ४० वर्षीया महिला रहेकी छन् । उनको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।
कपिलवस्तुको बुद्धभूमी नगरपालिका–२ पानीधारास्थित सडकमा ना.५ ख ७७५ नम्बरको बसको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–९ जग्दिशपुर बस्ने ३० वर्षीय अशोक थारु रहेका छन् । उनको बुधबार बिहान मृत्यु भएको हो ।