झापाको बिर्तामोडमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।
बिर्तामोड नगरपालिका–५ मा ४० वर्षीय श्रीमान् कमल राउतको कुटाइबाट ३९ वर्षीय श्रीमती खेमजुङ गुरुङ राउतको मृत्यु भएको हो ।
घटनामा संलग्न बिर्तामोड–५ का श्रीमान् कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राति राउतले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने क्रममा आफ्नै श्रीमती ३९ बर्सिया खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए ।
श्रीमानको कुटाइबाट घाइते भएकी खेमजुङको कनकाई अस्पताल बिर्तामोडमा सामान्य उपचारपश्चात् थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी आफन्तले बिर्तामोड ५ स्थित माइती घर ल्याएकोमा उनको बिहीबार राति साढे १० बजे मृत्यु भएको हो ।
राउतलाई पक्राउ गरी घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।