आइएमईले ‘होस्टेमा हैंसे’ नामक एक अफर सार्वजनिक गरेको छ । फागुन १७ देखि चैत्र १७ महिनासम्म कायम हुने यस अफरमा दैनिक, साप्ताहिक र मासिक गरी पुस्कार प्रदान गरिने कम्पनीले जनाएको छ ।
यस अफर अन्तर्गत नेपाल भरी जुनसुकै बैंक तथा वित्तीय संस्था, सहकारी संस्था तथा आइएमई पे वालेट खातामा सिधै रकम पठाउन सकिन्छ ।
अफर अवधिमा हरेक दिन पाँच जनालाई एक हजार रुपैयाँ, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पच्चिस हजार रुपैयाँ तथा बम्परमा एकजना भाग्यशाली सेवाग्राहीलाई एक लाख पचास हजार रुपैयाँ रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ ।
अफर सार्वजनिक कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले होस्टेमा हैंसे अफर आम सेवाग्राहीहरूले आइएमईप्रति दर्शाउँदै आउनुभएको निरन्तर विश्वासको परिणाम भएको उल्लेख गर्दै यस्ता अफरहरूले आमसेवाग्राहीहरू र कम्पनीवीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास लिएको बताएका छन् ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्तहरू अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ ।
विदेशबाट नेपाल र नेपालभित्र बैंक डिपोजिट गर्ने सबै आइएमई ग्राहकहरू यस अफरमा सहभागी हुन योग्य हुनेछन् । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।
सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिनेछ ।