सांसद भवन बानेश्वर अगाडि शङ्कास्पद प्रेसर कुकर भेटिएको छ ।
नयाँ बानेश्वर तीनकुने सडक खण्डको मूल बाटोको बिचमा ‘नो एमसीसी’ लेखिएको एक शङ्कास्पद प्रेसर कुकर राखिएको छ ।
सडकमा उक्त प्रेसर कुकर देखिएपछि प्रहरीले अहिले सडक खाली बनाएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली आइपुगेको छ ।
एमसीसी सांसदबाट अनुमोदन भएपछि विरोधमा विभिन्न दलले आह्वान गरेको नेपाल बन्दको दिन संसद् भवन अगाडि शङ्कास्पद बस्तु भेटिएको हो ।
विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलीय मोर्चाले एमसीसी सम्झौता अनुमोदन गरेकोमा विरोध जनाउँदै सोमबार नेपाल बन्दको आह्वान गरेका हुन् ।
बम डिस्पोजल टोलीले उक्त शंकास्पद बस्तु डिस्पोज गरेको छ । प्रेसर कुकर भित्र केही पनि नभएको र तर्साउनको लागि मात्र प्रेसर कुकर राखिएको पाईएको छ ।
शंकास्पद बस्तुले गर्दा सडक दुई घण्टा अवरुद्ध भएको थियो ।
अहिले भने सडक सूचारू भएको छ ।