अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वर क्षेत्रमा झडप भएको छ । झडपका कारण नयाँ बानेश्वर क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ ।
माओवादी केन्द्रका कार्यकर्ता र मोर्चाहरू बानेश्वरबाट फर्किएपछि राप्रपाका कार्यकर्ताहरूले सुरुमा प्रहरीले लगाएको निषेधित बारलाई लात्तिले हान्न थाले त्यसमा विप्लवका कार्यकर्तहरू पनि मिसिन पुगे ।
प्रहरीमाथि जाइलाग्ने प्रयास गरेपछि सुरक्षाकर्मीहरूले पानीको फोहोरा र लाठ्ठी चार्ज गरेर प्रदर्शनकारीहरूलाई तितरवितर पार्ने प्रयास गरे ।
झडपमा केही प्रदर्शनकारीहरू घाइते भएका छन् । घाइते भएका प्रदर्शनकारीहरूलाई रेडक्रसले उद्दार गरेको छ ।
सत्ता गठबन्धनमा आबद्ध दलहरु संसद्बाट एमसीसी अनुमोदन गर्न सहमत भएपनि प्रदर्शन रोकिएको छैन । यसअघि सत्तारुढ माओवादी केन्द्र, नेकपा एसलगायतका दलले विरोध प्रदर्शन आयोजना गर्दै आएका थिए ।
तस्विरहरू