जिल्ला अदालत तनहुँले बलात्कार आरोपी अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
चार दिनअघि नाबालिग एक गायिकाले उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन ।
उनले जाहेरी दिएसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै उनी फरार रहेका थिए ।
शाहले आइतबार १२:११ बजे तनहुँ प्रहरी कार्यालयमा आत्मसमपर्ण गरेका थिए । त्यस अगावै शाहले प्रहरीमा उपस्थित हुने बताएका थिए ।
प्रहरीले अधिकतम २५ दिनसम्म शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । म्याद थपका लागि उनलाई प्रहरीले हतकडी लगाएरै अदालतमा पेश गरेको थियो ।