आइएमई पे ले आफ्नो प्रयोगकर्ताहरुको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना सा खरिद गर्दा १०% छुट पाउने अफर सार्वजनिक गरेको छ ।
आम उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबै जसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको कम्पनीले जारी गरको विज्ञप्तीमा उल्लेख छ ।
स्टोरहरुमा विभिन्न क्यूआर कोड प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पे ले ‘स्क्यान एनि क्यूआर’ अभियान मार्फत नेपाली बजारमा रहेको सम्पूर्ण क्यूआर स्कान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुबिधा ल्याएको छ ।
यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आइएमई पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै क्यूआर स्कान गरी भुक्तानी गर्न मिल्नेछ ।
प्रयोगकर्ताहरुले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनु हुनेछ । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनि सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ–मार्ट रहेका छन् ।
आइएमई पे मोबाईल वालेटमार्फत १०% छुट (रु. १०० सम्म मात्र) पाउँइनेछ र स्कान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट आइडीबाट एउटा डिपार्टमेन्ट स्टोरमा मात्र छुट पाइने आइएमई पे ले जनाएको छ । यो अफर सीमित अवधिको लागि मात्र लागु हुनेछ ।