पृथ्वी राजमार्गको आकर्षक ‘होलिडे डेस्टिनेसन’ त्रिशूली रिभर साइड रिसोर्टले त्रिशूली नदी माथि स्काइ रोप साइक्लिङ निर्माण गरेको छ ।
काठमाडौबाट सत्तरी किलोमिटर दुरीमा पृथ्वी राजमार्गको मलेखु नजिकै मालिङ्गामा रहेको रिसोर्ट परिसरमा नेपालमै पहिलो पटक खोला वारपार गर्ने स्काइ रोप साइक्लिङ तयार भएको रिसोर्टका सञ्चालक उद्धव कँडेलले बताए ।
‘एक करोड लगानीमा साइक्लिङ तयार भएको छ ।’ कँडेल थप्छन् ‘ यसमा जोडी नै एकैसाथ खेल्न मिल्छ । यसरी दुबै जना खेल्न मिल्ने यो नेपालकै पहिलो स्काइ रोप साइक्लिङ हो ।’
दुई तर्फी दुरी तीन सय पचास मिटर रहेको साइक्लिङ खेल्न प्रतिव्यक्ति एक हजार रुपैयाँ र फोटो भिडियो बनाउन थप पाँच सय लाग्ने कँडेलले जानकारी दिए ।
र्याफ्टिङ, कायकिङ, क्यानोनिङ समेत सञ्चालन गर्दै आइरहेको रिपोर्टले त्रिशूली नदी वारपार गर्ने गरी जिप लाइन समेत निर्माण गरेको छ । आगामी दिनमा अन्य एड्भेन्चर गतिविधि थप्दै लगिने कँडेलले बताए ।
पैँतिस रोपनीमा फैलिएको रिसोर्टमा आवासको लागी टेन्टेड क्याम, रिभर भ्यु कटेज र एसि डिलक्स रुम उपलब्ध छन् । रिसोर्टमा स्विमिङ पुल सँगै बारबिक्यु र शुक्रवार, शनिवार डिजे पार्टीको समेत मजा लिन सकिन्छ ।