लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १४२औँ शाखा भक्तपुरको कमलविनायकमा सञ्चालनमा ल्याएको छ ।
यस शाखा मार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
यस नयाँ शाखाको सुरुवात सँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिंग एजेन्टहरू पुगेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको छ ।