चलचित्र निर्देशक रेशराज आचार्यको निधन भएको छ। उनको ६४ वर्षको उमेर निधन भएको हो।
चलचित्र ‘तिलहरी’बाट निर्देशन यात्रा सुरु गरेका उनले टुहुरो, माटो बोल्छ, बन्धन, आमा, मन मुटु र माया,लगायत दर्जन बढी चलचित्रमा निर्देशन गरेका छन्।
उनले चलचित्रसँगै टेलिसिरियल पनि निर्देशन गरेका छन् ।
उनको बिहीबार नै आर्यघाटमा अन्त्येष्टि गरिएको छ। आयार्यका श्रीमती र एक छोरा छन्।