अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई लिएर बानेश्वर क्षेत्रमा भएको झडपमा फोटो पत्रकार सरोज बस्नेत घाइते भएका छन् ।
एमसीसीको विरोध गर्दै नयाँ बानेश्वरसम्म आउन लाग्दा प्रहरीले प्रदर्शनकारीलाई बिजुलीबजारमा रोकेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनकारीले प्रहरीलाई हानेको ढुंगा फोटो पत्रकार बस्नेतको टाउकोमा लाग्न पुगेको हो ।
बिहानैदेखि तस्विर संकलनमा खटिएका फोटोपत्रकार बस्नेतको टाउकोमा चोट लागेको छ । नजिकै रहेको मेडिकल पसलमा पुगेर ड्रेसिङ गराएको उनले केटिएम दैनिकलाई बताए ।
बालुवाटारमा प्रचण्ड र प्रधानमन्त्री शेर बहादुर देउवाको भेटघाटपछि आज संसदमा एमसीसी टेबल नहुने भएको छ । भोली सत्ता गठबन्धनहरुको बैठक बसेर यसबारे निर्णय लिइने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।