पेमा देचेन तामाङपछि आफ्नो बाचा अनुरुप भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी अर्की गायिका रुक्सना लिम्बुसँग गायक राजेश पायल राईले ‘ चोरी भो’ बोलको युगल गीत रेकर्ड गराएर स्टुडियो भिडियो सार्वजनिक गरेका छन् ।
गायक राजेशकै संगीत , राजन मुकारुङ्गको शब्द रहेको गीत ‘चोरी भो’ सार्वजनिक भएको हो ।
यस अघि यहि टिमले ‘द भ्वाइस’की मेलिना मैनाली सँग रेकर्ड गरिएको थियो । यहि गीतको दोस्रो भाग रुक्सना लिम्बुले गाएकी हुन् ।
स्टुडियो किङ्गमा रेकर्ड गरिएको यस गीतको संगीत सम्योजन राजु कार्कीले गरेका छन् । गायक राजेश पायल राईकै अफिसियल युट्युब च्यानलबाट गीतको भिडियो रिलिज गरिएको यस गीत अहिले विभिन्न देशमा ट्रेण्डिङमा आएको छ ।
यो गीत अहिले कतारसंगै नेपालमा पनि ट्रेण्डिङमा उक्लिरहेको हो ।