‘कभि खुशी कभी गम’ मा जिरो फिगर वाला ‘पु’ को अभिनय गरेकी करिना कपुर योगा गर्ने सेलिबेटीमा पर्छिन् ।
दुईओटा सन्तानलाई जन्म दिएकी करिनाले आफुलाई फिट राख्न कुनै पनि कसर बाँकी राख्दिन्न ।
दोस्रो सन्तानको आगमन भएपछि उनले आफ्नो तौल धेरै नै घटाएकी छिन् ।करीना कपूर खान डेलिभरी भएको केही दिनमा नै फिल्मको शेटमा आएकी थिईन् ।
उनको दुई सन्तान तैमुर र जेह सधैं पापाराजीको क्यामरामा परिरहेका हुन्छन् । हालैमात्र करिनाको कान्छो छोरा जेहको भिडियो भाइरल भइरहेको छ । उनको उक्त्त भिडियोलाई धेरै फ्यानहरूले सकरात्मक कमेन्ट गरिरहेको छन् ।
फ्यानहरूले करिनाको पहिलो र दोस्रो सन्तान मध्यै को राम्रो भनेर फ्यानहरू माझ बहस चलिरहेको छ । कोही जेहलाई राम्रो भनिरहेका छन् भने केहिले तैमुर राम्रो भनेर प्रतिक्रिया दिइरहेको छन् ।