मिदास टेक्नोलोजीको हेल्थकेयर एप “मेरो डाक्टर” ले स्थापना भएको ८ महिनामा १ लाखभन्दा बढी डिभाइसहरूमा डाउनलोड भएको छ ।
कम्पनीले अहिलेसम्म ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पुर्याएको दावी गरेको छ ।
पछिल्लो तीन महिनामा १० हजार भन्दा बढी ओपीडी टिकट यसै एपको सहायताबाट काटिएको छ । यस एपबाट अस्पताल नगई घरबाटै ओपीडी टिकट काट्ने सुविधा छ ।
मेरो डाक्टर मार्फत स्वास्थ्य सेवाहरू प्रयोग गरेर, कुनै पनि व्यक्तिले भिडियो परामर्श लिन, विशेषज्ञ तथा सामान्य चिकित्सकहरुसँग कुराकानी गर्न, निर्धारित औषधिहरू प्राप्त गर्न, अस्पतालको ओ.पी.डी. टिकट भुक्तानी गर्न, स्वास्थ्य प्रोफाइलहरू अद्यावधिक गर्न, वा आफनो मेडिकल रेकर्डहरू, कहीं र कुनै पनि समयमा हेर्न सकिन्छ । मिदासले देशभरका १ सय ५० भन्दाबढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।