कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।
सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने कुमारी बैंक लिमिटेडका कम्पनी सचिव भोला नाथ ढुंगानाले जनाएका छन् ।