प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको वर्गिकरण नतिजा सार्वजनिक गरेको छ ।
विगत तीन वर्षदेखि सार्वजनिक हुन नसकेको नतिजा अहिले आएर सार्वजनिक भएको हो । आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको हो । आर्थिक वर्ष २०७७/७८ को नतिजा भने सार्वजनिक हुन बाँकी छ ।
आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये २१९ वटा पत्रिका क वर्गमा, ४७६ वटा ख वर्गमा १३७ वटा ग वर्गमा र १५ वटा घ वर्गमा परेको हो । ३६ वटा पत्रिका नियमित प्रकाशित भएको भएतापनि हुबहु प्रकाशित भएको कारणले गर्दा वर्गिकरणमा पर्न सकेनन् ।
त्यस्तै आ.व. २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये २३९ वटा क वर्गमा ४३१ वटा ख वर्गमा १६३ वटा ग वर्गमा परेका छन् भने घ वर्गमा कुनैपनि पत्रिका छैनन् । ४५ वटा पत्रिका नियमित प्रकाशित भएको भएतापनि हुबहु प्रकाशित भएको कारणले गर्दा वर्गिकरणमा पर्न सकेनन् ।
नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने व्यवस्था छ ।
आ.व. २०७५/०७६ को वर्गिकरण नतिजा
आ.व. २०७६/०७७ को वर्गिकरण नतिजा