पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै ४ हजार बढीमा सङ्क्रमण पुष्टि भएको छ ।
देशभर १० हजार २५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुँदा काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्रै ५ हजार ५४९ जनामा सङ्क्रमण देखिएको हो ।
आज सङ्क्रमण पुष्टि भएको सङ्ख्या नेपालमा कोरोना संक्रमण भित्रिएयता सबभन्दा धेरै हो । यसअघि २८ वैशाख २०७८ मा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको थियो ।
आज काठमाडौंमा ४ हजार ४ जना भक्तपुरमा ५७० जना र ललितपुरमा ९७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मङ्लबार अपरान्हसम्म काठमाडौंमा १७ हजार ७०९ जना सक्रिय सङ्क्रमित रहेका छन् भक्तपुरमा २ हजार ३९६ र ललितपुरमा ४ हजार ४७१ जना रहेका छन् ।
सक्रिय सङ्क्रमित भनेको कोरोना भाइरसको सङ्क्रमण भएर होम आइसोलेसनमा बसेका वा उपचारको लागि अस्पतामा रहेका बिरामीहरूको सङ्ख्या हो ।