सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति आह्वान गरेको छ ।
फाउन्डेसनले माघ २८ गतेभित्रमा इच्छुक व्यक्तिहरूबाट आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) सहित इमेल foundation[at] imegroup.com.np मा दरखास्त दिन भनेको छ ।
दुई जनालाई प्रदान गरिने उक्त छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उतीर्ण इच्छुक जो कोहिले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।
कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शूल्क इन्टर्नसीपको अवसर प्राप्त हुने बताइएको छ साथै अध्ययनको समाप्तिपछि कम्तीमा दूई वर्ष जीएमई कोरियामा पूर्णकालिन आवद्व हुनुपर्ने शर्त राखिएको छ ।