एनएमबि बैंकको २६ औं साधारण सभाले १५ दशमलव ८ प्रतिशत लाभांस पारित गरेको छ ।
बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लव सुन्धारामा बसेको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७-७८ को चुक्ता पुँजीको १२ दशमलव ५० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत लाभांश पारित गरेको हो ।
साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी रु. १८ अर्व ३६ करोड पुग्ने जानकारी गराइएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष श्री पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।
दि फिनान्सियल टाईम्स, लण्डनद्वारा “बैंक अफ दि इयर एशिया” र “बैंक अफ दि इयर नेपाल २०२१” बाट यस बैंकलाई सम्मानित गरेको छ । यसअघि सन् २०१७, २०१८, २०२० मा पनि यस बैंकले ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ भने पहिलोपटक बैंक अफ दि इयर एशिया पाउन सफल भएको हो ।
एनएमबि बैंकको हालसम्म २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा गाह्रकलाई सेवा दिइरहेको छ ।