नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्स ले आज (आइतबार) देखि काठमाडौँ बाट सुर्खेत को लागि नियमित हवाई उडान सुरु गरेको छ।
गुणले सुर्खेतको लागि सुरुवातमा हाल दैनिक एक उडान गर्ने भएको हो ।
आफ्ना दुई वटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमान बाट उडान सेवा सञ्चालन गरिरहेको गुण एयरलाइन्स ले यस अघि भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगन्ज, विराटनगर, सिमरा र जनकपुर मा नियमित हवाई उडान सुरु गरिसकेको छ ।
यसको साथसाथै गुणले पोखरा बाट नेपालगन्ज भैरहवा र भरतपुर मा समेत दैनिक उडान गरिरहेको छ।
यात्रुहरू लाई सुरक्षित र भरपर्दो हवाई सेवा सुविधा दिन कुनै कसर बाँकी नराख्ने गुण एयरलाइन्सका प्रवक्ता एवम् बजार प्रमुख प्रज्वल थापा बताउँछन् । उनी भन्छन् “गुणस्तरीय हवाई सेवा दिन त्यसै अनुसार उडानहरू थप गर्दै गइरहेका छौँ ।” आन्तरिक हवाई बजारको प्रतिस्पर्धामा आफूहरू पनि गइरहेको र त्यसै अनुरूपको उच्च स्तरको सेवा दिँदै उडान गरिरहेको उनले बताए ।
यस एयरलाइन्सले उडानको सुरुवात देखिनै यात्रुहरूबाट राम्रो साथ पाएको बताइन्छ ।