प्रधानमन्त्री देउवाले टुँढिखेलमा आयोजित तमु ल्होसार २०७८ को उद्घाटन गरेका छन् ।
गुरूङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन्।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन्।
सोही पर्वको अवसरमा बिहिबार काठमाडौंको टुँडिखलेलमा तमु ल्होसार मनाएका छन्।
पानसमा बत्ती बालेर बेलुन उडाइ उनले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा प्रम देउवालाइ आयोजकले गुरुङ पहिरन पहिराइदिएका थिए ।
तस्विरहरू