नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले मिनि प्याक इन्टरनेट प्लान ल्याएको छ ।
यस मिनी प्लान अन्तर्गत, वार्षिक ग्राहक बन्नेहरूले मासिक रु ८०० मा ७५ एमबिपिएस को इन्टरनेटको साथमा एनसेलको सिम पनि पाउनेछन् । उक्त सिम मार्फत ग्राहकहरुलाई प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा समेत उपलव्ध हुनेछ ।
त्यस्तै गरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा समेत पाउने छन् ।
भायानेटले दुई हप्ता अघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु लञ्च गरेको थियो । जसमा वार्षिक सदस्यता लिँदा रू. १२५० प्रति महिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभीे प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।
मिनी इन्टरनेट प्रोडक्ट लाइनका साथ भायानेटले आम जनमानस मात्र नभई उच्च स्पीड इन्टरनेट चाहिने तर कम इन्टरनेट प्रयोग हुने सीमित मार्केटको आवश्यकता पूरा गर्दछ ।
अधिक जानकारीका लागिः https://www.vianet.com.np/mini/
भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक हो ।