नेपालको अग्रणी विमान कम्पनी बुद्ध एयरले थप २ वटा क्षेत्रीय उडान संचालन गर्ने भएको छ ।
उक्त कम्पनीले आज दिएको जानकारी अनुसार सुदूरपश्चिमको धनगढी देखि पोखरा र प्रदेश २ को जनकपुरदेखि पोखरासम्म उडान भर्ने भएको हो । हप्तामा ३ वटा उडान भरिने जनाइएको छ ।
चाँडै नै उडान सूचारु हुने बताएतापनि ती उडानहरूको मिति भने सार्वजनिक गरिएको छैन ।
बुद्ध एयरको कम्पनी प्रोफाइल २०२१ का अनुसार जहाजको सङ्ख्या १७ पुगेको छ । बुद्ध एयरसँग ११ वटा एटिआर ७२–५००, ३ वटा एटिआर ४२–३२० र दुई वटा बीचक्राफ्ट १९००‘डी’ रहेका छन् ।