लक्ष्मी बैंकले ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बिहीबार काठमाडौंमा सम्पन्न भएको २१ औं वार्षिक साधारणसभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश कुल साढे ११ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५५ करोड पुगेको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
आ.व. २०७७÷७८ मा रु ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार रु १५२ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।