नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत बुधबार साँझबाट गणना थालिए उपसभापतिको मतगणनामा ३०० मत गणना भएको छ ।
खड्काले १२८ मत पाउँदा गच्छदारले १२२ मत ल्याएका छन् । उपसभापतिका अन्य उम्मेदवारहरु डा. चन्द्र भण्डारीले ९५ मत, धनराज गुरुङले १३१ मत ल्याउँदा सुजाता कोइराला ३६ मत र महेश आचार्यले २५ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । दिवेश्वरी शाहको ६ मत आएको छ ।
दुई सभापतिको लागि ७ जनाको उम्मेदवारी परेको थियो । सुरुमै अग्रता लिएका गुरुङ शेखर कोइराला पक्षका हुन् ।
खड्का र गच्छदार शेर बहादुर देउवा प्यानलका हुन भने चन्द्र भण्डारी कोइराला प्यानलका हुन् । प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइरालाले उम्मेदवारी दिएकी हुन् ।
तीन ठाउँमा मतगणना भइरहेकाले राति १० बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।