लक्ष्मी बैंक पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिक्याफ) मा समावेश भएको छ ।
दिगो वातावरणप्रती को प्रतिवद्वतालाई निरन्तरता दिने क्रममा बैंकको पछिल्लॊ कदमस्वरूप पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पिक्याफ) मा सामेल भएको हो ।
पिक्याफ हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन र जानकारीमा सहयोग पुग्ने गरी विश्वभरका वित्तीय संस्थाहरुबिचको सहकार्य हो । साइन्स बेस्ड टार्गेट इनिसिएटिभ ले पनि पिक्याफ को विधिलाई वित्तिय उत्पादनहरुको हरितगृह ग्यास उत्सर्जनको मूल्याङ्कन गर्ने विश्वयापी विधिको मान्यता दिएको छ ।
लक्ष्मी बैंकले पिक्याफ मा सामेल भई नेट-शुन्य भविष्यतर्फ अग्रसर हुँदैं कोप २६ मा नेपालको राष्टृिय प्रतिबद्वतालाई समेत सहयोग पुग्नेछ ।
“हाम्रो व्यवसायबाट हुने वित्तिय उत्सर्जनको मापन र रिपोर्टिङले हाम्रो जोखिम मूल्याङ्कन र जलवायु रणनीतिलाई मार्गदर्शन गर्न मद्दत पुग्ने हाम्रो विश्वास छ,” लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले भने, “पिक्याफ दिगो पर्यावरणको संरक्षणका लागि बैंकको ‘ओरेन्ज लभ्स ग्रीन’ पहलसँग समेत जोडिएको छ, । तसर्थ, हामी हाम्रा भावी पुस्ताका लागि संरक्षण प्रवर्द्धन गर्न ठोस र अर्थपूर्ण कार्यहरू गर्न प्रतिबद्ध छौं।”