कांग्रेस सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको १४औं महाधिवेशनमा विश्वकर्माले समावेशी दलिततर्फबाट सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।
विश्वकर्मा कांग्रेसको ११औं, १२औं र १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।
दुईपटक सांसद तथा पूर्ववातावरण, विज्ञान तथा प्रविधि सहायकमन्त्रीसमेत रहेका विश्वकर्मा पार्टीको नीति तथा प्रशिक्षण विभागको पूर्वप्रमुख पनि हुन् । त्यस्तै कांग्रेसको विधान समिति र संसदीय समितिसमेत रहिसकेका विश्वकर्मा पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुअघि त्रिभुवन विश्वविद्यालयमा दुई दशकसम्म प्राध्यापन गरेका थिए ।