लक्ष्मी बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्ना २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले सुनसरी जिल्लाको इनरुवा नगरपालिका वडा न.१ को शान्ति चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका वडा न. ५ को उर्लाबारी चोकमा नयाँ शाखा विस्तार गरेको हो । साथै, एक्सटेन्सन काउन्टर जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा न.८ स्थित सेपुखोलामा स्थापना गरेको हो । यो बैंकको नबौं एक्सटेन्सन काउन्टर हो ।
यी शाखाहरू मार्फत बैङ्कले ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस नयाँ शाखाको सुरुवात सँगै लक्ष्मी बैङ्कको शाखा सञ्जाल ५० जिल्लामा १४० शाखा, ९ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७० एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आइरहेको छ ।