नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा शनिबार सम्पन्न भएको प्रदेश १ को निर्वाचनको १ हजार २०० मत गणना भएको छ ।
१ हजार २०० मत गन्दा संस्थापनइतर पक्षबाट सभापतिका उम्मेद्वार गुरुराज घिमिरेले ६१२ मत ल्याउँदा संस्थापन पक्षबाट उद्धव थापाले ५६७ मतले पछ्याइरहेका छन् ।
उप सभापतिमा रमेशजङ्ग रायमाझीले ६०१ मत पाउँदा टङ्कप्रसाद राईले ५७५ मत, गोविन्द ढुङ्गानाले ५२२ र विश्वनाथ रिजालले ४६८ मत पाएका छन् ।
महामन्त्रीका उम्मेदवार उमेश थापाले ५७७ मत पाउँदा दिपेनकुमार श्रेष्ठले ५२५ मत, भुपेन्द्र राईले ५५४ मत र पदमसुन्दर पालुङवाले ५५१ मत पाएका छन् ।
सहमहामन्त्री महिलातर्फ सीता कार्कीले ५४९ मत ल्याउँदा र प्रमिलाकुमारी गच्छदारले ५६७ मत ल्याएकि छन् ।
सहमहामन्त्री पुरुषतर्फ खड्ग फागोले ७०२ मत ल्याउँदा, वीरकाजी राईले ४४४ मत, विनोदकुमार बस्नेतले ५१२ मत, रोहितकुमार साहले ४६७ मत र शुभचन्द्र राईले ५२ मत पाएका छन् ।
कूल एक हजार ७७० मतदातामा एक हजार ७५२ मत खसेको थियो । ५२ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन् ।