धादिङको ज्वालामुखी गाउँपालिका घर भएका राम बहादुर आचार्य ५ वर्ष कोरिया बसेर नेपाल फर्केका थिए । उनी बाँसबारीस्थित मेनपावर कार्यालयमा दिनहुँ आउने जाने गर्थे । त्यी बेलाको समय सदुपयोग गर्न आचार्यले आफ्नो स्कूटर पठाओमा दर्ता गराएका थिए । प्रदेश ३–०२–०१४प ७४६३ नम्बरको स्कुटरका राइडर उनै आचार्यको काठमाडौको कलंकीमा मंगलवार भएको दुर्घटनामा मृत्यु भयो ।
सीता पेट्रोलपम्प नजिकै प्रदेश–३–०१–००५ख ९३०० नम्बरको बसले गलत तर्फबाट स्कुटरलाई ओभरटेक गर्दा दुर्घटना भयो । दुर्घटनामा आचार्य सहित उनको स्कूटरमा बसेका यात्रुको पनि मृत्यु भयो । कलंकीस्थित खसी बजारमा बसको ठ क्क रबाट पठाओ राइडर ३५ वर्षीय राम बहादुर आचार्य र पछाडि सवार बाँके घर भएका ५२ वर्षीय यादव कुमार साहको मृत्यु भएको हो ।