चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहीबार बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर पर्व सम्पन्न भएको हो ।
छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना,तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।
पहिले सहर गाउँका मुख्य मुख्य पोखरी, तलाउ, नदीमा मात्र मनाइने छठ पूजा यसपालि टोलटोल गाउँगाउँका हरेक पोखरी तलाउ नदीमा पनि मनाइएको छ ।
छठ पर्वमा बालबालिकादेखि जेष्ठ नागरिकसम्म सहभागी हुने गरेका छन् ।
मूलतः तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा रहेको यो पर्व अन्य क्षेत्रका बासिन्दाले पनि मनाउने क्रम बढ्दो छ । नेपाली कलाकारहरूले पनि छठ पर्व मनाएका तस्विरहरू सार्वजनिक भएका छन् । यसरी छठ पर्व मनाउनेमा नायिका रेखा थापा, निर्मात्री दिपाश्री निरौंला, नायिका संचिता लुइटेल लगायत छन् ।
यो पर्व मनाउँदा चर्मरोग निको हुने, पुत्रलाभ, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जनविश्वास छ ।
हेरौं तस्विरहरू