प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज पनि आफ्नो विरोध कार्यक्रम जारी राखेको छ ।
नेपाल बार एसोसिएसनमा वकिलहरुले पाखुरामा कालोपट्टी बाधी बिरोध गरेका छन् । काठमाडौं उपत्यकामा रहेका कानुन व्यवसायीलाई सहभागी हुन नेपाल बार एसोसियनले आइतबार नै एक विज्ञप्ती जारी गरेको थियो ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै १४, १५, १६ र १७ कात्तिकमा सर्वोच्च अदालत केन्द्रित कालोपट्टीसहितको विरोध कार्यक्रम सम्पन्न भएका छन् ।
न्यायाधीशहरू बन्दीका बाहेक मुद्दा नहेरेर जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । एक न्यायाधीशका अनुसार तिहारपछि नेपाल बारले घोषणा गर्ने आन्दोलन हेरेर न्यायाधीशले समेत जबराविरुद्धको रणनीति तय गर्नेछन् ।
हेरौं तस्विरहरू