तराई-मधेसमा मंगलबार धनतेरस मनाइँदै छ ।
आजको दिन हिन्दु धर्मावलम्बीले सुन, चाँदी, पित्तल, तामाका सामग्री, चाँदीको सिक्का, लक्ष्मी र गणेशका मूर्ति, मेसिनरी सामग्री, दराज, कुचो, नाङ्लो, सवारी साधनलगायत सामग्री किनेर घर भित्र्याएका छन् ।
चाँदीका लक्ष्मी र गणेशको मूर्ति किनेर ल्याएकी राजविराज नगरपालिका- ६ की रीता गुप्ताले भनिन्, ‘सबै धनतेरसमा सानो सामान भए पनि किन्थे, पैसाको अभावमा चाहेर पनि किन्न पाएकी थिइनँ ।’
राजविराज- ८ की सीता यादवले पनि आज दराज किनेर ल्याएर घर भित्र्याएकी छन् । धनतेरसको दिन कुनै न कुनै नयाँ सामान किनेर घरमा राखेमा जहिले पनि धन सम्पत्तिमा वृद्धि हुने जनविश्वास रहेको राजविराजका व्यापारी थानसिह भंसालीले बताए ।