नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका तथा मोडल हुन् रिमा विश्वकर्मा ।
चलचित्र स्वर बाट अभिनय थालेकी रिमा पछिल्लो समयकी चर्चित र व्यस्त नायिकामा पर्छिन् ।
उनले चर्चित टिभी शो नेपाल आइडल र कमेडी च्यम्पियन मा पनि होस्ट गरिसकेकी छिन् ।
ग्यालेक्सी टिभीबाट प्रसारण हुने सो सारेगमपको होस्ट बनेपछि उनको चर्चा झन् चुलिएको छ ।
सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहेकी नायिका विश्वकर्मा बौद्धिक नायिकाको रुपमा परिचित छिन् ।
हालै मात्र उनले आफ्नो आफन्त दाइसँगको फोटो इन्टाग्राममा हालेकी छिन् । सम्बन्धबिच्छेद गरेर बसेकी रिमाको कपल फोटो देखेपछि फ्यानहरु उत्साहित भएर ह्याप्पी कपल लेख्न भ्याइहाले । त्यसपछि इन्टाग्राममा नै दोहोरी चल्न थाल्यो ।
रिमाका फ्यानहरुले क्याप्सन पनि पढ्न नजान्ने कस्तो हौं भनेर तर्क गर्न थाले ।