नेपाली फिल्म उद्योगका सेलिब्रेटीहरुले दशैं मनाएका तस्वीरहरू समाजिक सञ्जाल मार्फत सेयर गरेका छन् ।
उनीहरुले सेयर गरेका तस्वीरमा कोही टीका लगाइरहेको देखिन्छन् त कोही पिङ खेलीरहेको ।
प्रायः सधै व्यस्त र सुटिङका कारण परिवारबाट टाढा रहने सेलिब्रेटीहरुले आफ्नो परिवारसँग समय बिताएको देखिन्छ ।
नायिका केकी अधिकारीले टीकाको दिन लिङ्गे पिङ खेल्दै गरेको भिडियो आफ्नो फेसबुक पेजमा सेयर गरेकी छन्।
‘दशैंको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु सम्पूर्ण देश तथा बिदेशमा रहेका सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहरूलाई,’ केकीले पिङ खेल्दै भनेकी छन्, ‘दशैले सबैको मनमा उमंग छर्न सकोस् । फलोस् फुलोस्, हार्दिक शुभकामना ।’
नायिका केकीले टिका लगाएका तस्वीरहरू पनि फेसबुकमा सेयर गरेकी छन् ।