दक्षिण भारतीय सुपरस्टार प्रभास अहिलेका व्यस्त अभिनेता मध्ये एक हुन् । उनी निर्देशक र निर्माताहरूको पहिलो रोजाइमा पर्छन् ।
हालै उनले ‘कबीर सिंह’ र ‘अर्जुन रेड्डी’ चलचित्र निर्देशन गरिसकेका निर्देशक सन्दीप रेड्डी वंगाको नयाँ चलचित्र खेल्ने घोषणा गरेका थिए ।
यसै बीच, उनले सन्दीपको चलचित्र ‘स्पिरिट’का लागि आफ्नो पारिश्रमिक बढाएको खबर आएको छ ।
नवभारत टाइम्सका अनुसार उनले सो चलचित्रका लागि १५० करोड भारु मागेका छन् । खबरका अनुसार निर्माण टिम प्रभासको माग पूरा गर्न तयार पनि भइ सकेको छ ।
उक्त चलचित्रदेखि प्रभासले आफूले लिइरहेको पारिश्रमिकमा ५० करोड बढाएका हुन् । यसअघिसम्म प्रभासले एउटा चलचित्रका लागि १०० करोड भारु लिइरहेका थिए ।
सन्दीपको निर्देशनमा बन्न लागेको ‘स्पिरिट’ हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नड, मन्दा रिन र कोरियन गरी ८ भाषामा रिलिज गरिने बताइएको छ ।
सो चलचित्रको छायांकन सन् २०२२ देखि सुरु हुनेछ ।