चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले केही समय अगाडी अनौठो तस्विर शेयर गरेकी छिन् । उक्त्त तस्विरमा उनले स्वीम सुट र ट्राउजर लगाएकी छिन् ।
केही समयअगाडी शेयर गरेको यो तस्विरले फ्यानको कतिको मन जित्छ भनेर चै हेर्न बाँकी नै छ तर पोज चै अनौठो नै छ ।
बलिउडकी सुन्दर अभिनेत्री ज्याकलिन फर्नान्डिज ३५ वर्षकी भइन् । फर्नान्डिज अभिनेत्री तथा मोडल हुन् । उनले २००६ को मिस युनिभर्स श्रीलंका पीजेन्टको ताज समेत जितेकी छिन् । ज्याकलिन फर्नान्डिजको जन्म ११ अगस्त १९८५ श्रीलंकामा भएको हो ।
उनी मल्टी एथनीक परिवारकी हुन् । उनका पिता श्रीलंकाका र आमा मलेशियाकी हुन् । ज्याकलीनले बहरीनमा पढेकी हुन् ।
उनले अष्ट्रेलियामा सिड्नी विश्वविद्यालयमा आमसञ्चार विषयमा स्नातक गरेकी छिन् । उनले टेलिभिजन रिपोर्टरको समेत काम गरेकी छिन् । ज्याकलिनलाई विभिन्न भाषाको ज्ञान छ । उनले स्पेनिश, फ्रेन्च र अरेबिक भाषा राम्रोसँग बोल्न र लेख्न सक्छिन् । ज्याकलीनलाई विभिन्न प्रकारका खाना बनाउन जान्दछिन् ।
ज्याकलिनका पहिलो प्रेमी बहरिनका राजकुमार बिन राशिद अल खलिफा थिए । ज्याकलिनसँग ब्रेकअपपछि राजकुमारले एक गीत एल्बम रिलिज गरेका छन् जसको नाम ‘जैकी’ राखेका थिए ।
ज्यानलिन र सलमान निकै नजिकका साथी हुन् । सलमानले ज्याकलीनलाई बान्द्राको ३ बीएचके अपार्टमेन्टमा बस्न आग्रह गरेका थिए तर उनले अस्वीकार गरिदिइन् ।
अहिले उनले शेयर गरेको तस्विरहरु भाइरल भइरहेका छन् ।
हेरौं तस्विरहरु :