अभिनेता नीर शाह र अभिनेत्री केकी अधिकारी म्युजिक भिडियोमा सँगै देखिएका छन् । गायक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ मा शाह र अधिकारीसँगै देखिएका हुन् ।
भिडियोमा अभिनेत्री केकी अधिकारी र गायक ठकुरीको अभिनय देख्न सकिन्छ । फरक फरक लोकेशनमा छायाँकन भएको भिडियो अर्जुन थापाले निर्देशन गरेका हुन् । भिडियोमा वरिष्ठ कलाकार नीर शाहको पनि अभिनय छ । भिडियोमा केकी र दीपेन्द्रको रोमान्स सुहाउँदो छ ।
अर्जुन थापाले संगीत र म्युजिक भिडियो निर्देशन गरेका हुन् । उनले फिल्मी स्टाइलमा गीत खिचेको बताउँदै दर्शकको मनोरञ्जनका लागि पैसा खर्चिन कन्जुस्याइँ नगरिएको दाबी गरे । करिब १३ लाख रुपैयाँ लगानीमा बनेको भिडियो सुशील डाँगीले खिचेका हुन् ।