प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा कानुनका विद्यार्थीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।
मिडिया, बार, न्यायाधीश तथा अधिवक्ताको विरोध गर्दै लेखिएका प्लेकार्ड बोकेका विद्यार्थीहरुले जबराको समर्थनमा आवाज उठाएका हुन् ।
न्यायालयमा राजनीतिक हस्तक्षेप नगरी प्रधान न्यायाधीशलाई काम गर्न दिनुपर्ने भन्दै उनीहरूले नाराबाजी गरेका थिए ।
प्रदर्शनकारीहरूले ‘हल्ला र गुठबन्दिको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन‚ बारको काम राम राम !‚ घेराबन्दी बन्द गरौँ‚ न्यायालय सुचारु गरौँ’ लगायतका नारा भएका प्लेकार्डहरू बोकेर विरोध जनाएका थिए ।
हेरौं तस्विरहरु :