काठमाडौं । अहिले (बिहीबार) बिहान रुकुम र अछाममा छिटफुट वर्षा भइरहेको मौसमविदले जनाएका छन् । देशका अन्य स्थानमा अहिले कतै वर्षा नभएको मौसमविद् समीर श्रेष्ठले बताए ।
उनका अनुसार हाल देशका धेरैजसो स्थानमा सामान्य ९धेरैजसो आकाश बादलले ढोकेको, केही खाली० देखि पूर्ण ९पूरै आकाशमा बादल० सम्म बदली भएको छ । आज दिउँसो ९भन्नाले बिहान १०(११ बजेदेखि साँझ ६ बजेसम्मको अवधिलाई बुझ्नु पर्छ० देशभर मौसम सामान्य बदली रहनेछ भने प्रदेश–१, २, बागमती, गण्डकी र लुम्बिनी केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म् वर्षा हुने सम्भावना छ ।
आज राति ९भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको अवधि बुझ्नुपर्छ० मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली हुनेछ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् श्रेष्ठका अनुसार आज दिउँसो वा साँझपख मेघगर्जनसहित मध्यमसम्मको क्षणिक वर्षा हुने सम्भावना छ ।