बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए ।
पंगेनीले भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएको बेला मेयर सुवेदीमाथि मुक्का हानेका थिए । प्रहरीले उनलाई सोही दिन साँझ पक्राउ गरी सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान गरेको थियो ।
असोज ४ गते सोमबार पहिरो निरीक्षण गर्न गएका बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदी आफ्नै कार्यकर्ताबाट कुटिएका थिए ।
मेयर सुवेदीलाई दाउ छोपेर मुक्का प्रहार गर्ने युवक एमालेनिकट अनेरास्ववियु रुपन्देही जिल्ला कमिटी सदस्य हुन् ।
भिडिओ