सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको पाङ्गटाङ्ग केन्द्रबिन्दु बनाएर शनिबार दिउँसो भूकम्प गएको हो ।
दिउँसो १२ बजेर १२ मिनेटमा पाङ्गटाङ्ग केन्द्र बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प महसुस गरिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । सामान्यतया ४ रेक्टर स्केल भन्दा कमका भूकम्पले खासै क्षति नगरेपछि त्यसभन्दा माथिका भूकम्पका धक्काले क्षति पुर्याउने गर्दछ ।
शुक्रबार बेलुका सुदूरपश्चिमका पहाडि जिल्लाहरूमा भूकम्पको धक्का महसुस गरिएको थियो ।