सरकारले सांसदबाट जारी गर्न लागिएको भनिएको एमसीसी सम्झौताको विरोधमा आज काठमाडौँको विभिन्न स्थानमा एमसीसी र सरकार विरोधी प्रदर्शनहरू भएका छन् ।
देशभक्त जन गणतान्त्रिक मोर्चा, नेकपा सन्युक्त, नेकपा एकाता केन्द्र, नेपालको लागि नेपाली लगायतका पार्टीहरूले माइतीघरमा जम्मा भई विरोध र्याली सहित नयाँ बानेश्वर पुगेर कार्यक्रम गरेका छन् ।
माइतीघरमा भएको विरोध कार्यक्रममा कम्युनिस्ट नेताहरू सिपि गजुरेल र सिपि मैनालीको उपस्थिति रहेको छ ।
यसै गरी “एमसीसी विरुद्ध राष्ट्रिय अभियान” ले आज नेपाल कमर्श क्याम्पस बाट विरोध जुलुस निकालेको छ । क्याम्पस प्राङ्गणबाट जुलुस निकाली संसद् भवन अघि जाने कार्यक्रम रहेको भएतापनी प्रहरीले बिच बाटोबाटै अभियानका ५ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका प्रदर्शनकारीलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।