एनएमबि बैङ्कले नेपाली नारीहरूको महान् पर्व तीजको सप्ताहको अवसर पारेर आफ्ना ग्राहकहरूलाई तीज अफर सार्वजनिक गरेको छ ।
ग्राहकहरूले क्यु आर कोड, पोस वा eNMB एप प्रयोग गरी विभिन्न स्टोर र ब्राण्डको समान खरिद गर्दा १०% वा रु.३०० सम्म क्यास ब्याक पाउनेछन् ।
तीजको बेला सार्वजनिक स्थानमा व्यक्ति व्यक्ति बिच सम्पर्कमा रहँदा कोरोना सङ्क्रमण हुने प्रबल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैङ्कले उक्त अफर ल्याइएको बैङ्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । छुट सम्बन्धी थप जानकारी यस लिङ्कबाट हेर्न सकिन्छ ।
बैङ्कले देशभरिका १८१ शाखाहरू, १३७ एटिएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैङ्किङ सेवा प्रदान गदै आइरहेको छ । बैङ्क चार वर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैङ्क अफ द इयरले सम्मानित भैसकेको छ ।