भारतिय सिमा सुरक्षाबल (एसएसी) ले तुइन काट्दा दार्चुलाका जय सिंह धामी बेपत्ता भएको भन्दै नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियुले काठमाडौको आर आर क्याम्पस अघि बिरोध प्रदर्शन गरेको छ ।
उनीहरूले नेपालको दार्चुला क्षेत्रको आकासमा भारतीय बायुसेनाले हेलिकप्टर उडाएको बिरोधमा पनि प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा बिद्यार्थीहरुले भारतीय बिस्तारवाद मुर्दाबादको नारा लगाउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् ।
क्याम्पस बाहिर ठुलै संख्यामा प्रहरी तैनाथ भएपछि प्रदर्शनकारीले क्याम्पस हाता भित्रै पुत्ला जलाएर बाहिर निस्केका थिए ।
बाहिर निस्कने बितिक्कै प्रहरीले पुत्ला नियन्त्रणमा लिएको थियो । त्यसपछि बिद्यार्थीहरुले केहिबेर सडकमा नारा लगाइ कोणसभा गरेका थिए ।
हेरौं तस्विरहरू