नेपालविरुद्ध यसै साता हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली सोमबार काठमाडौं आइपुगेको छ ।
कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय बलियो टोलीको भारतीय फुटबल संघले बिहीबार घोषणा गरेको थियो । तीन साता पोखरामा अभ्यास गरि नेपाली टोली पनि राजधानी फर्किसकेको छ । नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा प्रतिस्पर्धा हुन लागेको हो ।
नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ । दुवै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । साफ च्याम्पियनसिप असोज १५ देखि ३० गते ( अक्टोबर १ देखि १६) सम्म आयोजना हुनेछ ।
नेपालसँगको मैत्रीपूर्ण खेलका लागि प्रमुख प्रशिक्षक इगोर स्टिम्याकले प्रारम्भिक २५ सदस्यीय टोलीको घोषणा गरिसकेका छन् । प्रशिक्षक इगोरले सुनिल क्षेत्रीको कप्तानीमा सिनियर टोलीको घोषणा गरेका हुन् ।
भारतको टिम
गोलकिपर – अम्रिन्दर सिंह, धीरज सिंह मोइराङ्गथेम र गुरप्रित सिंह
डिफेन्डर– प्रितम कोतल, चिङ्गलेसना सिंह कोन्शाम, मन्दर राओ देसाइ, आकाश मिश्र, राहुल भेके, सुवासिस बोसे, सेरिटन फर्नान्डेस
मिडफिल्डर– ललेङ्गमाविया, विपीन सिंह, अनिरुद्ध थापा, साहाल अब्दुल समद, ब्रान्डन फर्नान्डेस, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेश सिंह वाङ्गजाम, जिकसन सिंह र प्रणय हाल्दर
फरवार्ड– मानवीर सिंह, रहीम अली, सुनिल क्षेत्री र फरुख चौधरी
तस्विरहरू